Monday, July 5, 2021

मेरो जीवन निर्माणमा स्व. नन्दलाल पोखरेलको योगदान - बलबहादुर हमाल



बलबहादुर हमाल


मेरी आमाले काठमाडौं टोखाको एकजना श्रीबहादुर गुरुङसँग दोस्रो विवाह गर्नुभयो । उनी जागीरको सिलसिलामा भारतको लखनउमा थिए । त्यसपछि म बाल्यकालमै आमाको पछि लागेर भारतको लखनउ गएँ । मैले लखनउकै कलेजमा आइ. एस्सी सम्मको अध्ययन सकेको थिएँ । त्यसैबेला मेरा कान्छा मामा भक्तबहादुर ठकुरी मलाई लिन लखनउ पुग्नुभयो । उहाँकै साथ लागेर म यहाँ आइपुगेँ ।

बाबु कुबेरनाथ पोखरेलले मलाई अंस दिनु त कहाँ हो कहाँ छोरोको रूपमा समेत नस्वीकारेको अवस्था थियो त्यसबेला । स्व. नन्दलाल पोखरेलको साथ र सहयोगले मात्र मैले न्याय प्राप्त गर्न सकेँ । मेरो विवाह पनि नन्दलाल पोखरेलले आफ्नो घरबाटै गराइदिनु भयो । मैले मेरी श्रीमतीलाई नन्दलाल पोखरेलको घरमै भित्र्याएको हुँ । नन्दलाल पोखरेलको साथसहयोग नपाएको भए म अहिले यो अवस्थामा पक्कै हुनेथिइनँ ।
नन्दलाल पोखरेल यस क्षेत्रकै सबैभन्दा बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँजस्तो बौद्धिक व्यक्तित्व यस भेगले फेरि जन्माउला कि नजन्माउला म यसै भन्न सक्दिन । मेरो जीवनमा उहाँसँगका धेरै घटनाहरू छन् ।
स्व. नन्दलाल पोखरेलको प्रेरणा र सहयोगले मेरो जीवन निर्माणमा सबैभन्दा ठुलो महत्त्व राखेको छ ।
ooo

No comments:

Post a Comment