Tuesday, October 6, 2020

भेट हुन नपाएका आफन्त - टंकमणि अधिकारी

टंकमणि अधिकारी


उदयपुर, रामपुर, थामखर्कका नन्दलाल पोखरेल मेरा सहोदर भिनाजु हुनुहुन्छ । प्रगाढ पारिवारिक सद्भाव हुँदाहुँदै पनि समयले सशरीर मेरो र वहाँको भेट कहिल्यै भएन । यो मेरो नियतिको परिणतिले सदा याद दिलाइरहने भिनाजुको स्मृति ग्रन्थमा भेटको संयोग प्राप्त नभए पनि आफ्ना दुईचार शब्दपुष्प प्रस्तुत गर्ने अवसर प्रदान गरिदिनुहुने भान्जा वरिष्ठ साहित्यकार मातृका पोखरेलप्रति प्रथमत: हार्दिक आभार प्रकट गर्दछु ।

मैले जाने सुने अनुसार उदयपुर जिल्लाका एक सम्प्पन्न ब्राह्मण परिवारका वहाँ एक समाज सेवी निष्ठावान् प्रेमिल व्यक्तित्व हुनुहुन्थ्यो । वहाँ आफ्नो गाउँ समाजका अलावा छिमेकी जिल्ला भोजपुर टक्सारका व्यापारीहरू समेतमा राम्रो हिमचिम राख्नुहुन्थ्यो भन्ने कुरा मैले मेरा मातापिताबाट सुनेको हुँ । २००७ साल अघि नै भोजपुरका ती व्यापार व्यवसायीहरूलाई परेका बखत आवस्यक ऋणसापटी पनि प्रदान गरेर उनीहरूको व्यवसायमा यथासक्य सहयोग पुर्‍याउनु हुन्थ्यो भन्ने कुरा सुन्दा वहाँको व्यक्तित्व ममा उमेर बढ्दै जादा अझ मुखरित हुँदै गयो ।

समय बित्तै जाँदा म बाल्यकालमा बिराटनगर र झापाको भद्रपुर गरी दस वर्ष बसेँ । २०२९ देखि २०३७ साम्मको मेरो भोजपुर पैयापानीको बसाइमा पनि वहाँसँग भेट हुने अवसर जुरेन । आमाले भिनाजुका बारेमा बताएका कुरा मात्र वहाँकाबारेमा मेरा धारणा बने । देख्ने भेट्ने रहर उत्कट हुँदाहुँदै न म थामखर्क पुग्न सकेँ न मैले वहाँलाई कतै भेट्ने अवसर प्राप्त गर्न सकेँ । मेरा लागि सधैँ खड्किरहने विषय बन्यो- मैले सहोदर भिनाजु भेट्ने अवसर जुराउन सकिन ।

यद्यपि यस्तो महत्वपूर्ण वहाँको स्मृति ग्रन्थमा दुई शब्द वहाँका बारेमा जानीनजानी राख्न पाउँदा अहो भाग्य ठान्दछु । अवसर प्रदान गरिदिनुहुने भान्जा मातृकाप्रति पुन: आभार प्रकट गर्दै स्वर्गीय भिनाजुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

ooo

No comments:

Post a Comment