Sunday, May 10, 2020

मैले जानेको कान्छो हजुरबुवा - बालकृष्ण पोखरेल

बालकृष्ण पोखरेल 


“ए मास्टर ! खै विद्यार्थीहरु कता गए त ?” करिब सात दिनको कोशी पारीको यात्रा पछि हजुरबुबा घर आउनु भएको थियो । प्राय वाहिर बाट आए पछि हजुरबुवाले मलाई नै पहिला खोज्नु हुन्थ्यो र यहि प्रश्न सोध्नुहुन्थ्यो । उहाँले मलाई मेरो नाम बाट भन्दा पनि यही नामले बोलाउने गर्नु हुन्थ्यो । शुरु शुरुमा त मलाई यो सम्बोधनले धैरै लाज लाग्थ्यो । म आपैm जम्मा ६ कक्षा पढेको ११ ÷ १२ वर्षको फुच्चे “मास्टर” को पद्वी; कता कता आपूmलाई नमिले जस्तो लाग्थ्यो, तर समय वित्दै जादा त्यही सम्वोधन राम्रै लाग्न थालेको थियो ।

यहाँ हजुरबुवा भन्नाले मेरो चार भाई हजुरबुवाहरु मध्ये कान्छो हजुरबुवा नन्दलाल पोखरेल । म साईंलो पट्टीको नाती । हामी जतनपुरमा बस्थ्यौं । कान्छो हजुरबुवा थामखर्कमा बस्नु हुन्थ्यो । मैले सुनेअनुसार हजुरबुवा को जन्म वि. सं. १९७० मा भएको हो । म सायद वि. सं. २०३२÷३३ मा थामखर्क बसेको थिएँ । एउटा घटनाले गर्दा मलाई त्यहा बस्ने सौभाग्य मिलेको थियो ।

टयाक्कै साल त याद भएन २०३२ होकी ३३ हो तर असार ६ गतेको कुरा हो, म घाँस काट्न जाँदा आँपको रूख बाँट लडेर नराम्रो सँग घाइते भएको थिएँ । जतनपुरबाट रुपाटार धाउनु पथ्र्या पढ्नको लागी जुन मेरो लागि सम्भव थिएन । कान्छो हजुरबुवाको कान्छी पट्टीका छोराछोरीहरु नातामा मेरो काका र फुपु परेता पनि उमेरमा म भन्दा स्याना नै हुनुहुन्थ्यो । हजुरबुुुुुवालाई म घरैमा बसेर आराम गरिरहेको थाहा थियो, त्यसैले मेरो बुवा र उहाँ (काका र भतीज) को बिचमा गफ भएछ क्यारे, एकदिन बुवाले बिहान भात खाने बेलामा ज्योतिष पढ्न जान्छस थामखर्क भनेर सोध्नु भयो । मैले त्यतिबेला महाभारत, रामायण, देवी भागवत र कृष्ण चरीत्रका पुस्तकहरु करिब करिब पढीसकेको थिएँ र यस्ता बिषयहरुमा मेरो चाख पनि धेरै बढ्न लागेको थियो । बुवाले त्यसो भन्ने वित्तिकै मैले केही नसोची हुन्छ भनिदिएँ । पछि थाहा भयो मैले ज्योतिष पढ्नुको साथै काकाहरुलाई प्रारम्भिक शिक्षा पनि दिनु पर्ने रहेछ, त्यसैले यो मास्टरको पद्वी मैले पाएको थिएँ ।

हाम्रो चारभाई हजुरबुवा मध्यमा कान्छो हजुरबुवाको प्रतिष्ठा अली उच्च थियो । उहाँ ज्योतिषको प्रकाण्ड विद्वान हुनुहुन्थ्यो । समाजमा उहाँको धाकरवाफ अलग्गै थियो । सामान्य मान्छेहरुले उहाँको अगाडी उभिएर कुरा गर्न अलि सोच्नै पथ्र्यो । हाम्रा बुवा, काका, ठूलो बुवा तथा जान्ने चिन्ने घर–छिमेक हरुले उहाँ प्रति देखाएको आदर र सत्कारले मेरा बाल माष्तिस्कले अचम्म मान्दथ्यो र ठाउँठाउँमा गर्वीत भएर भएर भन्ने गर्थे “म थामखर्वेm नन्दलालको नाती हु” । वास्तवमा उहाँको कारणले गर्दा समाजमा हाम्रो पनि इज्जत बढेको थियो । कतै घरबाट बाहिर गएर बास बस्नु पर्ने अवश्थामा अपरिचित ठाउँमा भए पनि उहाँको नाम लिएपछि मीठो मसीनो खाने र राम्रो बास हुने पक्का थियो ।

कालो जवारी कोट, सेता दौरा सुरुवाल, टोपी, जुत्ता उहाँको प्राय पहिरन यहि नै थियो । आकर्षक व्यक्तित्व, रोबीलो आवाज, उहाँको उपस्थितीले वातावरण लाई नै परिवर्तन गराउँथ्यो । उहाँको लागी आफ्नो घर भनेको पाहुना बसेको घर जस्तो हुन्थ्यो । एक दुई दिन बस्यो फेरी दश प्रन्द्रह दिनको लागी गायब । उहाँ घरमा भएको बेला लाग्थ्यो घरका सदस्यहरुमात्र नभएर पुरा गाउँ र सम्पूर्ण वातावरण नै अनुशानमा वाधीएको जस्तो । म मुख्य रुपमा ज्योतिष पढ्न बसेको कारणले मलाई हजुरबुवाले आफू बाहिर जानु भन्दा पहिले ज्योतिष सम्बन्धि गृहकार्य दिएर जानुहुन्थ्यो र आएपछि नबिर्सिकन सोध्नुहन्थ्यो । त्यसैले त्यो गृहकार्य जुन प्राय संस्कृतका श्लोकहरुमा आधारीत हुन्थे म पुरा गरेर राख्थे । मैले फरर श्लोक पढेको देखेर हजुरबुवाले तँ राम्रो पण्डीत बन्छस् भन्नुहुन्थ्यो । त्यसपछि मैले काकाहरुलाई (मचिन्द्र काका र टीका काका, पर्शु काका सायद भरखर जन्मनु भाको थियो) कत्तिको पढाएँ भनेर चेक गर्नुहुन्थ्यो र उहाँको अनुहारको भाव देखेर थाहा हुन्थ्यो कि करिब करिब मेरो पढाईबाट सन्तुष्ट हुनुहुन्छ भनेर । केही गल्ती कमजोरी भए यसरी गर्नु भनेर सम्झाउनुहुन्थ्यो । उहाँको अगाडी परेपछि जस्तोसुकै धुरन्धर पनि आफ्नो सातोलाई नियन्त्रण गरेर बस्नु पथ्र्यो, हप्काएपछि को टिक्ने र अगाडी । केटाकेटी, बुढाबुढी, युवा कसैलाई नछोड्ने तर अचम्म !! मलाई उहाले कहिल्यै त्यसरी हप्काउँनु भएन सधै सम्झाएर भन्नु हुन्थ्यो र म पनि उहाँले लगाएको काम सँधै समयमा राम्रो सँग गर्ने हरदम प्रयत्न गर्थे र प्राय पुरा पनि गर्थे ।

हजुरबुवा घर आएपछि आसामी हरुको भीड नै लाग्ने गथ्र्यो । कस्तो अचम्म भने मैले पैसा तिर्न आउने मान्छे धेरै कम देख्थे, सबै लिन मात्र आउँथे । ऋण लिनु भन्दा पहिले के का लागी कहिले सम्म सबै बताउँनु पथ्र्यो, कसैलाई मागे जति नै, कसैलाई त्यो भन्दा केही थोरै तर सबैलाई सन्तुष्ट बनाएर पठाउनु हुन्थ्यो । कसैलाई टिपन बनाएर त कसैलाई नेपाली कागतमा लामै तमसुक बनाएर पैसा दिनुहुन्थ्यो । शुरु शुरुमा त यो सबै म पर बसेर टुलुटुलु हेरिरहन्थे, केहि बुझ्दिनथे तर बिस्तारै बुझ्न थाले । पछि पछि हजुरबुवाले टिपन लेख्न मलाई लाउन थाल्नु भयो । बिस्तारै तमसुक पनि लेख्न थाले । अब चिना लगाउने काम पनि मेरै जिम्मामा आउन थाल्यो । मलाई भ्याई नभ्याई थियो । एक प्रकारले म हजुरबुवाको दाहीने हात जत्तिकै भएको थिएँ । हुन त ठूलो काका (मात्रीका काका) र म उमेरमा एक वर्षको मात्र अन्तर थियौ तर उहाँ त्यबेला उदयपुरगढी बसेर पढ्नु हुन्थ्यो, त्यसैले उहाँको भूमीका पनि मैले नै निभाउनु पथ्र्यो ।

हजुरबुवाका केही बानीहरु अचम्मका थिए । धेरै त त्यति सम्झना पनि छैनन् त्यसमध्ये दुईवटा म कहिल्यै बिर्सन सक्दिन । एउटा त उहाँले खाने सक्खर हो जुन सदैब उहाँको जवारीकोटको गोजीमा कहिल्यै टुट्दैनथ्यो । जतिबेलै खाइरहनु पर्ने । कहिलेकाहीँ हामी सखर पाउने आसले उहाँको बाटो कुरेर बस्थ्यौ;कहिले पाउँथ्यौ कहिले पाउँदैनथ्यौ सायद कहिले हँुदैनथ्यो पनि होला । अर्को बानी उहाँले चिया खाइरहनु पर्ने । फिक्का चिया । जतिबेलै एउटा चियादानी अगेनामा खाली हुदैनथ्यो । चाहे जो सुकै जति बेला पुगोस चिया त पिउन पाउने पक्का नै थियो । अनि त्यो मान्छे सँग आपूm पनि पिउँदै गफ गर्दै गर्ने उहाँको बानी । सबै थोक सोध्नु उहाँको प्रकृती नै थियो । मलाई आज पनि अचम्म लाग्छ, तेत्रो चियाको लागी चिया पत्ती र चिनी कसरी अटुट् रुपमा प्राप्त भइरहन्थ्यो । ती चीजहरु अटुट रुपमा खाएर पनि त्यो शरीरलाई केहि नभई ९७ वटा वशन्त देख्न सक्षम भयो ।

थामखर्कमा बस्दाको एउटा घटना म कहिल्यै बिर्सन सक्दिन । सिता काका (आर्का हजुरआमा पट्टीको जेठो छोरा) बाहिर बस्नु हुन्थ्यो र घर नआएको पनि धेरै भएको रहेछ । मैले त देखेको पनि थिइन, सुनेको मात्र थिएँ । खै कति भयो चिठी पनि आएको थिएन भन्थे । त्यो दिन हजुरबुवा घरमा हुनुहुन्थ्यो । हुलाकीले आएर एउटा खामबन्दी चिठी दियो । पे्रषकमा सिता काकाको नाम थियो, ठेगाना जुम्ला लेखिएको जस्तो लाग्छ, प्रापकमा हजुरबुवाको नाम÷रजिस्टर गरिएको प्रत्र थियो । हुलाकीले हजुरआमालाई दस्तखत गर्नु भन्यो चिठी बुझ्नको लागी । हजुरआमाले म तिर  हेर्नु भयो मैले दस्तखत  गरिदिएँ, हुलाकीले छक्क परेर हेरे मलाई तर केहि बोलेनन् । सिताको पत्र आयो भनेर पुरै हल्ला भइसकेको रहेछ, तर हजुरबुवाको अनुपास्थितीमा त्यो पत्र खोल्ने अनुमति हजुरआमाले कसैलाई दिनु भएन । हजुरबुवाको  प्रतिक्षा गर्नु  सिवाय हाम्रो अर्को उपाए थिएन । हजुरबुवा पारी (खोटाङ्ग र ओखलढुंगालाई हामी पारी भन्ने गथ्र्यौ) जानु भएको थियो, आउने टुंगो हुदैनथ्यो । उताबाट फर्कने व्रmममा बाटैमा कसैले पत्र आएको कुरा सुनाईदिएछ, अनि त के ? हजुरबुवा आफ्ना बाटामा पर्ने सबै काम छोडेर घर आइपुग्नु भयो ।

पत्र खोलियो । हामी सबै उत्सुकपूर्ण निगाहले हजुरबुवाको चारैतिर झुरुम्म भयांै । अरुले त के महसुस गरे मलाई थाहा भएन तर मैले हजुरबुवाको अनुहारमा एउटा दुःखीत पिताको भाव देख्न सक्थे । हजुरबुवाले पत्र पढ्दै गर्दा घरका मात्र नभएर वरपरका मान्छेहरु पनि जम्मा भएका थिए । मैले त्यो पत्रमा के लेखको थियो भन्दा पनि हजुरबुवा जति पत्र पढ्दै जानुहुन्थ्यो त्यति नै उहाँको अनुहारको भाव बदलिएको र शब्द उच्चारणमा ओठहरु कामेको महसुस गरिरहको थिएँ । मलाई आज जस्तै लाग्छ, जसको उपस्थितीले पुरा वातावरण लाई नै अनुशासनमय बनाउँथ्यो त्यो व्यक्तिको आँखाबाट आँसुको थोपा त्यो चिठीमा परेको थियो । हजुरबुवाले पुरा चिठी पढ्न सक्नु भएन र चिठी मलाई हस्तान्तरण गर्दै पढ्न इशारा गर्नु भयो । चिठी लामो पेजको दुई र आधा पन्ना थियो । तर मैले आज बिर्सिए ठयाक्कै चिठीमा के लेखेको थियो भनेर । तर मेरो बालशुलभ मष्तिशकले पनि एउटा पिताको असीम पिडा उहाँको अनुहारबाट पढ्न सक्षम भएको थिए ।

त्यसपछि पढाइको सिलसिलामा मैले थामखर्क छाडेँ । धेरै वर्षको अन्तरालपछि सायद २०५४÷५५ तीर होला, हजुरबुवालाई भेट्ने सौभाग्य प्रप्त भयो । उहाँ थामखर्कबाट तल बेशी (यारीखोला, कबासेटार) सर्नु भएको थियो । धेरै बेर भलाकुसारीको गफ भयो । धेरै वर्षको अन्तरालपछि भेट भएकोले होला, उहाँमा मैले धेरै भिन्नता पाएँ । अब उहाँ एउटा थाकिसकेको यात्री जस्तो देखिनुहुन्थ्यो । बुढ्यौलीपनका धेरै लक्षणहरु व्याप्त थियो । त्यसबेला उहाँले भनेको एउटा कुरो अभैm सम्झना छ मलाई । उहाँले भन्नुभाथ्यो “तैंले तेरा हातले लेखेका चिनाहरु आज पनि कसै–कसैले देखाउन ल्याउँछन् ।” मनमा कता कता पीरो भयो मैले त्यसरी सिकेको र उहाँले त्यति मिहिनेत गरेर सिकाएको ज्योतिष पुरै रुपमा बिर्सिएको थिएँ । गह्रौ मन लिएर त्यहाँबाट म बिदा भएर हिंडे । त्यसको करिब दश वर्षपछि होला, सायद २०६६ साल असार २४ गते हजुरबुवाको स्वर्गबासको समचार आयो । हामी यताका केहि दाजुभाईहरु मिलेर ८औ दिनमा कबासेटार पुग्यौ । सबै काका, काकी र फुपुहरु आउनु भएको थियो । जतनपुरे पोखरेलको कुलको एउटा तारा अस्ताईसकेको थियो तर पनि उहाँका सम्झनाहरु आज पनि मानसपरलमा ताजै छन् । अस्तु ।


ooo
त्रि. न. पा. ५, देउरी, उदयपुर
  फोन नं. ९८५११८६८८३

No comments:

Post a Comment